बेइजिङ ओलम्पिकमा अमेरिकाले कूटनीतिक बहिष्कार गर्ने

अमेरिकाले चीनको बेइजिङमा हुने गृष्मकालीन खेलकुद (ओलम्पिक) मा कूटनीतिक बहिष्कार गर्ने भएको छ ।

चीनको मानवअधिकारलाई लिएर रहेको चासोका कारण कूटनीतिक बहिष्कारको निर्णय गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

बेइजिङ ओलम्पिकमा कूटनीतिकस्तरमा अधिकारीहरुको टोली नजाने अमेरिकाले घोषणा गरेको हो।

तर अमेरिकी खेलाडीहरु भने सहभागी हुने छन् र सरकारको पूर्ण समर्थन रहने ह्वाइट हाउसले स्पष्ट पारेको छ ।

चीनले यसअघि नै बहिष्कारका कुनै पनि घटनाहरुलाई त्यसरी नै प्रतिक्रिया दिने बताइसकेको छ।

गएको महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले ओलम्पिकमा कूटनीतिक बहिष्कार सम्बन्धमा विचार गरिरहेको बताएका थिए ।

ह्वाइट हाउस प्रवक्ता जेन साकीले सोमबार कूटनीतिक बहिष्कारको निर्णय भएको जानकारी दिएकी हुन् ।

यसअघि सन् १९८० मा अमेरिकाले मस्को ओलम्पिक बहिष्कार गरेको थियो, त्यो बेला खेलाडीलाई पनि सहभागित हुन दिएको थिएन ।

मंसिर २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्