१५ करोड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिका

अमेरिकाले उत्पादन हुने खानेकुराको एकतिहाइ फाल्ने गरेको छ। अमेरिकाको वातावरण स‌ंरक्षणसम्बन्धी निकाय इपीएचले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो। अमेरिकाले यसअघि सन् २०३० सम्म खाद्यान्न फोहर अ‌ाधा कटौती गर्ने प्रतिबद्धता जनाएको थियो।

खाद्यान्न हिनामिना गर्दा लाखौं डलर नोक्सान हुने र यसले जलवायु परिवर्तनमा समेत असर गर्छ। ठूलो परिणाममा खाद्यान्न फोहर लेन्डफिल साइटमा फाल्दा यसले वातावरणमा असर गर्ने मिथेन ग्यास उत्सर्जन गर्ने वैज्ञानिकहरुले बताउँदै अ‌ाएका छन्।

‘सन् २०१५ मा पेरिस सम्झौतामा उल्लेख भएबमोजिम विश्व तापमानलाई १ दशमलब ५ मा झार्न अमेरिकामा खाद्य प्रणालीमा परिवर्तन गर्न अ‌ावश्यक छ’, प्रतिवेदनमा भनिएको छ, ‘जिवास्मबाट निस्काशन हुने इन्धन रोक्न सके पनि खाद्य फोहर फाल्ने अहिलेको प्रवृत्तिले विश्व तापमानलाई १ दशमलब ५ मा झार्ने लक्ष्य प्राप्त गर्न सक्दैन।’

अमेरिकामा वर्षेनी ७ करोड ३० लाख देखि १५ करोड २० लाख मेट्रिक टन खाद्यान्न खेर जाने गरेको भन्दै यो खाद्यान्नले वर्षेनी १५ करोड मानिसलाई खान पुग्ने इपीएचले जनाएको छ।

सन् २०१५ मा अमेरिकाको कृषि मन्त्रालय र इपीएचले निजी क्षेत्र र सामुदायिक संगठनहरुको सहकार्यमा खेर जाने खाद्यान्नलाई सन् २०३० सम्म अ‌ाधाले घटाउने घोषणाा गरेका थिए। तर पनि सफलता प्राप्त गर्न सकेका छैनन्। सन् २०१० मा अमेरिकामा उत्पादन हुने कूल खाद्यान्नको ३१ प्रतिशत खाद्यान्न खेरा जाने गरेको थियो। -न्युज कारखाना

मंसिर २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्