प्रजातन्त्रवादी नेतृ सुकीकाे सजाय आधा घटाइयो

फाइल फोटो।

यांगुन – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइएको छ। म्यानमारको अदालतले सुकीमाथिको सजाय अ‌ाधा घटाएको हो। यसअघि न्यपेतस्थित सेनाको अदालतले दुई विभिन्न अभियोगमा चार वर्ष जेल सजाय सुनाएको थियो।

उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन्।

उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्ल‌ंघन गरेको अभियोग लगाइएको छ। यसबाहेक उनीविरुद्ध ११ अ‌ारोप लगाइएको छ। सुकीले अ‌ाफूमाथि लगाइएका सबै अ‌ारोप अस्वीकार गर्दै अ‌ाएकी छिन्।

फेब्रुअरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन्। निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले अ‌ारोप लगाउँदै अ‌ाएको छ।

सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभिन्न अ‌ारोपमा मुद्दा लगाउँदै अ‌ाएको थियो।

मंसिर २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्