सांकेतिक तस्बिर।

महोत्तरी – महोत्तरीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको जलेश्वर नगरपालिका – ७ अन्कार घर भएका झण्डै ४२ वर्षका रामसृष्ठ यादव मृत फेला परेका हुन् ।

एकडारा गाउँपालिका ५ गेना बथनाहामा रहेको ईटा भट्टा नजिकै रहेको पोखरीमा मृत अवस्थामा यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

शवलाई पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको प्रहरी उपरीक्षक आचार्यले बताए । यादवको हत्या अथवा दुर्घटनामा मृत्यु भएको त्यो नखुलेको र पोष्टमार्टमको रिपोर्ट पछि मात्र केहि भन्न सकिने उनले बताए ।

मंसिर २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्