काठमाडौँ – साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य दुई सय रुपैयाँले घटेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवहायी महासंघले जनाएको छ।

मंसिर २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्