कारोबार भएको आधा घण्टामा सेयर बजार २२.४७ ले लाग्यो उकालो

काठमाडौँ–साताको तेस्रो दिन मंगलबार कारोबार सुरु भएको आधा घन्टामा सेयर बजार उकालो लागेको छ। आज ११ बजेर ३० मिनेट जाँदा सेयर बजार २२.४७ अंकले बढेको छ।

हिजो सोमबार ३२.२२ अंकले उकालो लागेका थियो। तर आज कारोबार सुरु भएको आधी घन्टामै सेयर बजारको राम्रो सुरुवात भएको छ।

सेयर बजार २२.४७ अंकले उकालो लाग्दा नेप्से परिसूचक २ हजार ५६८.५६ विन्दुमा पुगेको छ।

यस अवधिमा ७ लाख २७ हजार ८८२ कित्ता सेयर किनबेच हुँदा ३२ करोड ४६ लाख २२ हजार ७४७ रुपैयाँको कारोबार भएको छ।

यो समाचार तयार पार्दासम्ममा म्युचल फण्ड उपसमुह बाहेक अन्य उपसमुहहरुमा हरियाली छाएको छ।

मंसिर २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्