साफ यू-१९ महिला साफ च्याम्पियनसिप खेल्न नेपाली टोली बंगलादेश प्रस्थान

काठमाडौं-बंगलादेशमा आयोजना हुने साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो संस्करणमा सहभागी हुन नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। प्रतियोगिता डीसेम्बर ११ देखि २२ तारिखसम्म बंगलादेशको ढाकामा आयोजना हुँदै छ।

प्रतियोगितामा बंगलादेश, भुटान, भारत, नेपाल र श्रीलंकासहित पाँच टोली सहभागी हुँदैछन्। नेपालले डीसेम्बर ११ मा घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ। प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा नेपाललाई हराएर बंगलादेशले उपाधि जितेको थियो।

राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

मंसिर २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्