राप्रपा बैठकमा कमल थापाकी छोरी र भतिज सहभागी

फाइल तस्बिर

काठमाडौँ – एकता महाधिवेशनपछि राप्रपाको पहिलो केन्द्रीय समितिको बैठक बसेको छ। बुधबार चाबहिलस्थित पार्टी कार्यालयमा बैठक बसेको हो।

बैठकमा अध्यक्षमा पराजित भएका कमल थापाकी छोरी प्रतिष्ठा थापा र भतिज अभिषेक पनि सहभागी भएका छन्।

उनीहरु दुवैजना महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। अध्यक्षमा थापाले पराजय भोग्ने वित्तिकै अभिषेकले पदबाटै राजीनामा दिने घोषणा गरेका थिए। पराजयको आक्रोशमा उनले पार्टी विभाजन गर्नेसम्मको तयारी गरेका थिए।

तर तीन दिनमै राजीनामा दिने घोषणा गरेका थापाका छोरा छोरी नै राप्रपाको बैठकमा गएका हुन्।

बैठकमा कमल भने उपस्थित भएका छैनन्। उनको प्यानलमा रहेर विजयी भएका अरु सबै जना पनि बैठकमा गएमा उपस्थित भएको एक नेताले जनाकारी दिए।

मंसिर २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्