चेल्सीलाई पछि पारेर युभेन्टस बन्यो समूह विजेता

इटालियन क्लब युभेन्टस समूह विजेताका रुपमा च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।
समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा माल्मो एफएफलाई १–० ले पराजित गरेर युभेन्टस चेल्सीलाई पछि पार्दै समूह विजेता बनेको हो ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि १८ औँ मिनेटमा माइज केनले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो ।
१५ अंकसहित युभेन्टस शीर्ष स्थानमा रहँदा जेनिट सेन्ट पिटर्सबर्गसँग ३–३ को बराबरीमा रोकिएको चेल्सी भने दोस्रो स्थानमा झरेको हो । उसको १३ अंक भयो ।
यसैबीच समूह एफ अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड योङ ब्वोइजसँग १–१ बराबरीमा रोकियो । बराबरीमा रोकिए पनि ११ अंकसहित समूह विजेताका रुपमा युनाइटेड अन्तिम १६ मा पुगेको छ ।