कांग्रेसमा नयाँ नेतृत्वका लागि यसरी हुँदैछ मनोनयन दर्ता (तस्बिरहरु)

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको प्रक्रिया जारी छ। नेताहरुले विभिन्न पदमा आफ्नो मनोनयन दर्ता गर्दैछन्
उम्मेदवारी दिनका लागि उनीहरु झाँकीसहित राष्ट्रियसभा गृह पुगेका छन्। संस्थापन पक्षबाट शेरबहादुर देउवा सभापतिका उम्मेदवार बन्नेछन्। तर इतर समूहले भने साझा उम्मेदवार तय गर्न सकेन।
नेता प्रकाशमान सिंह र शेखर कोइरालाले उम्मेदवारी दिने तयारी गरेका छन्। सिंह प्यानलबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार बन्ने सम्भावना छ।
सिंहको सम्पर्क कार्यालयमा नेता-कार्यकर्ताको चहलपहल छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले भने साझा उम्मेदवार तय नभएपछि आफूले मनोनयन नगर्ने घोषणा गरेका छन्।
देश सञ्चारका फोटो पत्रकारद्वय बर्षा शाह र सुलभ श्रेष्ठले मनोनयन दर्ताका क्रममा देखिएका दृश्यहरु केही तस्बिरमा समेट्ने प्रयास गरेका छन् ।
