रोनाल्डोको गोलमा म्यानचेस्टर युनायटेड विजयी

क्रिष्टियानो रोनाल्डोको गोल तथा गोलरक्षक डेविड डी जियाको सहयोगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई १–० ले पराजित गरेको हो ।

युनाइटेडका लागि रोनाल्डोले ७५ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् । यस्तै गोरक्षक डेविडले नर्विचका टीमु पुकी र ओजान काबाले गरेको प्रहार बचाए ।

जितपछि पाँचौँ स्थानमा उक्लिएको युनाइटेडको १६ खेलबाट २७ अंक भएको छ।

मंसिर २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्