प्रदेश २ मा स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालय स्थापना

जनकपुरधाम – नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापनाको तीस वर्षपछि प्रदेश २ मा इकाइ कार्यालय स्थापना गरेको छ।

धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित सपहीमा स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो पहिलो प्रादेशिक कार्यालय स्थापना गरेको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयको भवनमै स्वास्थ्य परिषद्को कार्यालय स्थापना गरिएको छ। प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आइतबार कार्यालय उद्घाटन गरेका हुन्।

मुख्यमन्त्री राउतले परिषद्को इकाइ कार्यालयको उद्घाटन गरेपछि सम्बोधन गर्दै नेपाल अनुसन्धानमा सबैभन्दा पछाडि परेको बताए। उनले कुनै पछि रोगको उपचारमा लाग्ने औषधिको राम्रोसँग व्यापक रूपमा अनुसन्धान नगरिए सोचेअनुसार सफलता प्राप्त गर्न नसकिने बताए।

उनले संघीय सरकार मातहतमा रहेको इकाइ कार्यालयलाई सहयोग गर्नेसमेत बताए। परिषद्लाई आवश्यक पर्ने हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

मंसिर २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्