च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा मेस्सी र रोनाल्डो आमने सामने हुने

युरोपियन च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा पेरिस सेन्ट जर्मन-पीएसजी र म्यानचेस्टर युनाइटेड आमने सामना हुने भएका छन्।
सोमबार गरिएको नकआउट ड्र अनुसार दुई हाइप्रोफाइल खेलाडी आबद्ध क्लबहरु अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने भएका हुन्। पीएसजीमा मेस्सी र म्यान युनाइटेडमा क्रिस्टियानो रोनाल्डो आबद्ध छन्। यसै सिजन मात्र उनिहरु यी क्लबमा आबद्ध भएका हुन्।
ड्रअनुसार प्रिक्वाटरफाइनलमा बायर्न म्युनिखले एट्लेटिको म्याड्रिड, लिभरपुलले साल्जबर्ग, चेल्सीले लिले, युभेन्ट्सले स्पोर्टिङ लिस्वन र इन्टर मिलानले आयाक्ससँग खेल्ने छ। यसैगरि भिल्लारियलले म्यानचेस्टर सिटी र रियल म्याड्रिडले बेनफिकासँग खेल्ने छ।
रोनाल्डो च्याम्पियन्स लिगका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्। उनले हालसम्म एक सय ४१ गोल गरेका छन् भने पाँचपटक च्याम्पियन्स लिग जितेका छन्। यसैगरि मेस्सी दोस्रो सर्वाधिक गोलकर्ता हुन्। उनले एक सय २५ गोल गरेका छन् भने ४ पटक युरोपियन च्याम्पियन्स लिग जितेका छन्।