स्कुल बसको ठक्करबाट दाङमा दुई वर्षीया बालिकाको मृत्यु

सांकेतिक तस्बिर।
दाङ– दाङमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका वडा नं. ६ अगेराका रोहित पाण्डेकी दुई वर्षीया छोरी आहाना पाण्डेको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
ना ३ ख ९९९३ नं. को बबई स्टार लिटिल बोडिङ स्कुलको बसले सोमबार बिहान सवा १० बजे जन्द्रगाउँदेखि विद्यार्थी लिएर स्कुलतर्फ आउँदै गर्दा बालिकालाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते बालिकाको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनामा लगेलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए।
बालिकाको पोष्टमार्टमपछि अभिभावकको जिम्मा लगाएको प्रहरीले बताएको छ।