कांग्रेस महाधिवेशनः दोस्रो चरणको मत गणना राति १० बजेबाट सुरु गरिने

काठमाडौँ– नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत दोस्रो चरणमा भइरहेको मतदानको गणना आजै गरिने भएको छ।

आज साढे ३ बजे देखि सुरु भएको मतदानका लागि साढे सात बजेसम्मको समय तोकिएको छ। मतदान सकिएपछि आजै राति १० बजेबाट गणना सुरु हुने कांग्रेस चौधौं राष्ट्रिय महाधिवेशन मिडिया सेन्टर संयोजक डा. सुरेश आचार्यले जानकारी दिए।

सोमबार भएको मतदानमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशतभन्दा धेरै मत नपाएपछि आज दोस्रो चरणमा मतदान भइरहेको हो। पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेको छ।

देउवालाई पहिलो चरणमा उम्मेदवार रहेका विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले समर्थन गरेका छन्।

मंसिर २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्