काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापतिका लागि दोस्रो चरणको मतदान जारी छ। दिउँसो चार बजेदेखि सुरु भएको मतदान प्रकृया अझै सकिएको छैन। अध्यारोमा मतदाताहरु आफ्नो पालो पर्खेर लाइन लागिरहेका छन्।

सोमबार भएको निर्वाचनबाट सभापतिका पाँच उम्मेदवारमध्ये कस‌ैले पनि ५० प्रतिशत भन्दा बढी मत नपाएपछि मंगलबार पुनः दोस्रो चरणको निर्वाचन भएको हो।

दोस्रो चरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र डा. शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन्। देउवा र कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिका उम्मेदवार थिए। कांग्रेसको विधानअनुसार दोस्रो चरणमा बढी भोट पाउने दुई जनाबीच फेरि प्रतिस्पर्धा हुन लागेको हो।

मतदान सकेर आजै राति १० बजेबाट मत गणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ।