कांग्रेस महाधिवेशनः साढे ७ बजेसम्म २७ सय मत खस्यो

काठमाडौँ– नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत भइरहेको सभापतिको दोस्रो चरणको मतदानमा २७ सय मत खसेको छ। साँझ साढे ७ बजेसम्म उक्त मत खसेको हो।

चार हजार ७४३ जना मतदाता रहेको महाधिवेशनमा पहिलो चरणमा भने चार हजार ६८१ जनाले मतदान गरेका थिए।

राष्ट्रिय सभागृहमा जारी मतदानका लागि ६ वटा बुथ राखिएको छ। सभापतिका लागि पहिलो चरणमा बढी मत पाएका शेरबहादुर देउवा र शेखर कोइराला मैदानमा छन्।

पहिलो चरणमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भएको भए पनि कुनै उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत पाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो।

मंसिर २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्