कांग्रेस सभापतिको मतगणना सुरु हुनै लाग्यो

काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत सभापतिका लागि मंगलबार भएको दोस्रो चरणको मतदानपछि अबेर रातिदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ।

केहीबेरमै मतगणना सुरु हुने देशसञ्चारका संवाददाता रविन आचार्यले जानकारी दिएका छन्।

दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा भएको हो।

मतगणनाका लागि सबै ट्यांकीहरु एकत्रित गरिसकिएको छ।

मंसिर २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्