टिपरको ठक्करबाट १९ वर्षीय युवकको मृत्यु

बुटवल- बुटवलमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

बुटवलको तिनाउ पुलमा लु २ ख ४९६७ नम्बरको टिप्परले लु ४४ प १६११ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक सर्लाही घर भइ बुटवल बस्ने १९ वर्षीय आकाश पटेलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार टिप्परको ठक्करबाट गम्भीर घाइते भएका पटेललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो। टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पुस १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्