फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या २०० नाघ्यो

फिलिपिन्समा हालैको आँधीका कारण मृत्यु हुनेको संख्या २०० नाघेको छ।
गएको बिहीबार आएको सुपर टाइफुन राईका कारण कम्तीमा २०८ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राई आँधीका कारण करिब १९५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो।
आँधीका कारण कम्तीमा २३९ जना घाइते भएका छन् । अझै ५२ जना बेपत्ता रहेको स्थानीय प्रहरीले जनाएको छ ।
फिलिपिन्सको दक्षिण पूर्वी टापु क्षेत्रमा आँधीले बढी क्षति गरेको छ । त्यहाँका तीन लाख भन्दा बढी मानिस सुरक्षित स्थानमा जान बाध्य भएका थिए । आँधीका कारण ठूलो मात्रामा भौतिक क्षति भएको छ ।