न्याय सेवा आयाेगकाे बैठक बुधबार बस्ने

काठमाडौँ – न्याय सेवा आयोगको बैठक बुधबार बस्ने भएको छ।
लोकसेवाले लिएको परीक्षाको नतिजा प्रकाशित गरी जिल्ला न्यायाधीशमा नियुक्त गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बैठक बुधबारका लागि बोलाएको आयोगका सहसचिव मानबहादुर कार्कीले जानकारी दिए।
जिल्ला न्यायाधीशहरुको नियुक्तिका लागि लोक सेवा आयोगले परीक्षा लिएर न्याय सेवा आयोगलाई सिफारिस गर्ने व्यवस्था छ।
प्रधानन्यायाधीश जबरा अध्यक्ष रहेको न्याय सेवा आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन्।
लोक सेवा आयोगले १८ जना जिल्ला न्यायाधीशका लागि सञ्चालन गरेको परीक्षाको नतिजा तयार पारेको र सो नतिजा प्रकाशन गरी नियुक्ति प्रक्रिया अघि बढाउनका लागि आयोगको बैठक बोलाइएको हो।