डाबर नेपालद्वारा वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण

काठमाडौँ – डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सघन उपचारको लागि वीर अस्पताललाई रु २५ लाख बराबरको चिकित्सा उपकरण हस्तान्तरण गरेको छ।

डाबर नेपालकी अध्यक्ष तथा प्रवन्ध निर्देशक ईश्वरी राना, डाबरको नेपाल तथा म्यानमार व्यापार प्रमुख एचएस बेदीले वीर अस्पताल नाम्सका निर्देशक प्रा डा भुपेन्द्रकुमार बस्नेतलाई चेक हस्तान्तरण गरेका हुन्।

वीर अस्पताल नेपालकै प्रतिष्ठित र अग्रणी सरकारी अस्पताल भएकाले महत्वपूर्ण स्वास्थ्य उपकरण व्यवस्था गर्न सहयोग गरिएको डाबर नेपालले जनाएको छ।

अहिलेको विश्वव्यापी महामारीको समयमा वीरको महत्वपूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने प्रयासमा डाबरले सहयोग गरेको उल्लेख गरिएको छ।
कार्यक्रममा डा अनुपमा कार्की र प्रा डा मनेन प्र. गोर्खालीको पनि उपस्थिति थियो।

पुस ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्