न्याय सेवा आयोगको बैठक बस्दै, जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा सार्वजनिक हुने

फाइल तस्बिर

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आह्वानमा न्याय सेवा आयोगको बैठक बुधबार बस्दैछ ।

आयोगको बैठक बुधबार दिउँसो ३ बजे बस्ने छ । बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्नेछ ।

‘न्याय सेवा आयोगको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ’, न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीले भने, ‘जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बस्न लागेको हो ।’

आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानुनी व्यवस्था रहेको छ ।

पुस ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्