कांग्रेस महाधिवेशन : लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) पदको मतपरिणाम सार्वजनिक भएको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते दुई पदका लागि भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल २७२७ तथा चन्द्रबहादुर केसी २२६७ मत प्राप्त गरी विजयी भएका छन्।

यस्तै महेन्द्रकुमार शर्माले १७७३, लेखनाथ पोखरेलले १५२७, प्रदीपराज शर्माले ४२३ र बमबहादुर डिसीले २५२ मत प्राप्त गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

यसैगरी केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) महिलातर्फ शीला शर्मा खड्का २६७३ मत प्राप्त गरी विजयी भएकी छन्। यस्तै रीता सेन ओलीले १४६३ र भगवती काफ्ले (भण्डारी)ले ४१४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

पुस ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्