कांग्रेस महाधिवेशन : गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित   

फाइल तस्बिर।

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांगेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले २३०६ मत ल्याई विजयी भएका हुन्।

गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका ध्रुव वाग्ले निर्वाचित भएका छन्। वाग्लेले २७२० मत प्राप्त गरे। यस्तै शोभियतबहादुर अधिकारीले २०३४ र रेशमबहादुर बानियाले १९३८ मत प्राप्त गरेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

त्यस्तै केन्द्रीय सदस्य महिलातर्फ सरस्वती अर्याल तिवारी निर्वाचित भएकी छन्।

यसअघि कांग्रेसको सहमहामन्त्रीमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित भएका थिए। उनलाई बद्री पाण्डेले पिछडिएको क्षेत्रअन्तर्गत सहमहामन्त्री पदमा पराजित गरेका थिए।

पुस ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्