सुनको मूल्य तोलामा सात सय रुपैयाँ बढ्यो

काठमाडौँ – सुनको मूल्य बिहीबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार छ सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा सात सय रुपैयाँले बढेर ९२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

पुस ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्