भाइका लागि बाइकको लाइसेन्सका लागि ट्रायल दिने दाजु पक्राउ

फाइल तस्बिर।
झापा – सवारी साधनको लाइसेन्सका लागि अर्काको नाममा ट्रायल दिने एकजना झापाको बिर्तामोडको ट्रायल सेन्टरबाटै पक्राउ परेका छन् ।
प्रहरीले अर्काको नाममा ट्रायल दिने झापा दमक ९ का हरिबहादुर प्रधानलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ।
बिहीबार बिहान बिर्तामोडमा रहेको कान्तिपुर ड्राइभिङ सेन्टरमा ट्रायल दिने क्रममा प्रधानलाई पक्राउ गरिएको हो।
२१ वर्षीय भाइ सुजितबहादुर श्रेष्ठको नाममा ट्रायल दिँदै गरेको फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी आफ्नै भाइका लागि बाइकको ट्रायल दिन आएका थिए।
प्रधानमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रधानमाथि यातायात व्यवस्था ऐनमा राखिएको प्रावधान अनुसार कारबाही हुने इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए।