निसानको राष्ट्रव्यापी सर्भिस क्याम्प

काठमाडौँ – निसानले राष्ट्रव्यापी सर्भिस क्याम्प गर्ने भएको छ।

यही डिसेम्बर २६ देखि २८ सम्म देशका प्रमुख सहरहरूमा राष्ट्रव्यापी सर्भिस क्याम्प आयोजना गरिने भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सर्भिस क्याम्पमा सबै ग्राहकहरूले सुविधा र छुटहरू प्राप्त गर्न सक्नेछन्। जसमा निःशुल्क लेबर चार्ज, निःशुल्क टप वास र निःशुल्क ९० पोइन्ट चेकको सुविधा रहेका छन्। त्यस्तै पार्टस्मा २० प्रतिशतसम्म छुट पाइने निशानले जनाएको छ।

क्याम्पका क्रममा नियमित सेवा र उपभोग्य वस्तुहरूमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

पुस ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्