डिजिटल बैंकिङसम्बन्धी देशव्यापी साक्षरता अभियानमा ग्लोबल आइएमई बैंक

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गरिरहेको छ। उक्त अभियानअन्तर्गत १७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ।

बैंकका अनुसार सातै प्रदेशका गाँउदेखि सहरसम्म डिजिटल बैंकिङ साक्षारता कार्यक्रम आयोजना गर्ने लक्ष्य रहेको । अभियानअन्तर्गत हालसम्म सात वटै प्रदेशमा १७५ भन्दा बढी डिजिटल बैंंकिङ साक्षरता कार्यक्रम आयोजना गरिएको हो।

बैंकले प्रदेश १ मा २९ वटा, प्रदेश २ मा १७ वटा, बाग्मतीमा २१ वटा, गण्डकीमा २४ वटा, लुम्बिनीमा ५४ वटा, कर्णालीमा ८ वटा र सुदूरपश्चिममा २२ वटा कार्यक्रम सञ्चालन गरिसकेको छ। उक्त अभियानअन्तर्गत आगामी हप्ता कर्णाली र काठमाडौँ उपत्यकामा थप कार्यक्रम सञ्चालन गरी समापन गरिने बैंकले जनाएको छ।

यस्ता साक्षारता कार्यक्रमहरु आयोजना गरी बैंकले बैंकिङ सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताको लागि प्रभावकारी भएको बैंकले दावी गरेको छ।

स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्‍याउने उद्देश्यका साथ सञ्चालित अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाएको छ।

अहिलेको समयमा डिजिटल बैंकिङ अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरुलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङको प्रयोग र यसका फाइदाहरुको बारेमा सर्वसाधारणसमक्ष जानकारी पुर्‍याउनु जरुरी रहेको बैंकले स्पष्ट गरेको छ।

पुस १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्