माओवादीको महाधिवेशन उद्घाटनमा गएनन् राजेन्द्र लिङ्देन

काठमाडौं- नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छैनन्।

उद्घाटन समारोहमा राप्रपाको प्रतिनिधीका रुपमा महामन्त्री कुन्ती शाही सहभागी भएकी छिन्। उनले पार्टीको तर्फबाट मन्तव्य राखिरहेकी छिन्। यसअघि नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सम्पूर्ण पार्टीका शीर्ष नेताहरुबीच बोल्दै लिङ्देनले समकालिन नेताहरुलाई चोरसँग तुलना गरेका थिए।

यसको प्रतिकारमा मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसम्म उत्रिएका थिए।

पुस ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्