सुनको बढ्दा घट्यो चाँदीको मूल्य

सांकेतिक तस्बिर

काठमाडौँ – साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य सामान्य रुपमा उकालो लागेको छ।

आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले बटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

पुस १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्