कैलालीमा दुई मिटरको फरकमा दुई किशोर–किशोरीको शव फेला

सांकेतिक तस्बिर

धनगढी – कैलालीमा दुईजनाको शव झुन्डिएको अवस्थामा फेला परेको छ । गौरीगंगा वडा नम्बर ३ जुनेली शिविरकी १६ वर्षकी किशारी र सोही ठाउँका १९ वर्षे किशोर मृत फेला परेका हुन् ।

आइतबार साँझ किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रवत्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार किशोरी मृत फेला परेको १५ मिनेटपछि २०० मिटर टाढा रुखमा झुन्डिएको अवस्थामा किशोरको शव फेला परेको हो ।

दुवैको मृत्यु बारे अनुसान्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पुस १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्