नेपाल आईपुगे क्रिकेट प्रशिक्षक पुबुदु दासानायके

फाइल तस्बिर।

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दासानायके जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका छन्।

उनी मंगलबार मध्यान्ह काठमाडौँ आइपुगेका हुन्। उनले दोस्रोपटक नेपाली टोलीको जिम्मेवारी सम्हाल्न लागेका हुन्।

आगामी फेब्रुअरीमा आयोजना हुने टीट्वेन्टी विश्वकपको विश्वस्तरको छनोट र आईसिसी विश्वकप लिग-२ दासानायकेको प्रशिक्षणमा नेपालले खेल्ने सुरुवाति प्रतियोगिताहरु हुनेछन्।

यसअघि नेपाली टोलीको पहिलोपटकको जिम्मेवारीमा दासानायकेले नेपाली टोलीलाई टीट्वेन्टी विश्वकपसम्म पुर्‍याएका थिए।

पुस १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्