सिमकोट – हुम्लामा मंगलबार रातिदेखि लगातार हिउँ परेको छ । लगातारको हिमपातले जनजीवन प्रभावित भएको छ ।

हुम्लामा यो वर्ष तेस्रो पटकको हिमपात भएको हो । तर मंगलबार रातिदेखि भने ठूलो हिमपात भएको हो ।

यसअघि होचा क्षेत्रमा हिउँ नपरेर वर्षा भएको भए पनि यसपटक भने कर्णाली नदीको तीरसम्मै हिउँ जमेको छ । तापक्रम माइनस १२ डिग्रीमा पुगेको छ । बजार क्षेत्रमा फाट्टफुट्ट खुले पनि मानिसको आवतजावत निकै कम देखिएको छ ।

पुस १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्