हङकङको प्रजातन्त्र पक्षीय स्ट्याण्ड न्यूजकाे सेवा बन्द

हङकङको बाँकी रहेको एकमात्र प्रजातन्त्र पक्षधर सञ्चार संस्था स्ट्याण्ड न्यूजले बन्द भएकाे छ। प्रहरीले छापा मारेर पत्रकारसहित शीर्ष कर्मचारीलाई गिरफ्तार गरेपछि स्ट्याण्ड न्यूजले आफ्नो सेवा बन्द गरेकाे हो ।

हालका र पूर्व कर्मचारी गरी सातजनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुमाथि देशद्रोही सामग्री प्रकाशन गरेको आरोप लगाएका छन् ।
स्ट्याण्ड न्यूजले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको छ, ‘अहिलेको परिवेशका कारण स्ट्याण्ड न्यूजले तत्काल नै आफ्नो सेवा बन्द गर्ने भएको छ ।’

बुधबार स्ट्याण्ड न्यूजको कार्यालयमा छापामार्नका लागि २०० भन्दा बढी प्रहरी पुगेका थिए। स्ट्याण्ड न्यूजले आफ्नो वेबसाइटमा सामग्री पोस्ट गर्न रोक्ने र आउँदा दिनमा सामाजिक सञ्जालमा पोस्ट भएका सामग्री पनि हटाउने बताएको छ ।

पुस १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्