रियल मड्रिड पराजित, बार्सिलोनाले जित्यो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्षस्थानको रियल मड्रिड पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा गेटाफेले रियल मड्रिडलाई १–० ले पराजित गरेको हो । गेटाफेको जितमा नवौँ मिनेटमा उनालले गोल गरेका हुन् ।

पराजित भए पनि उसले दोस्रो स्थानको सेभिल्लासँगको अग्रता ८ अंकको कायम छ।

रियल मड्रिड पराजित हुँदा बार्सिलोनाले भने जित निकालेको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले मालोर्कालाई १–० ले पराजित गरेको हो ।

४४ औँ मिनेटमा डी जोङले गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बन्यो । जितपछि पाँचौँ स्थानमा उक्लिएको बार्सिलोनाको १९ खेलबाट ३१ अंक भएको छ ।

आइतबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोलाई २–० तथा सेल्टा डी भिगोले रियल बेटिसलाई २–० ले पराजित गर्दा एलाभेस र रियल सोसिडाडले १–१ तथा एल्ची र ग्रानाडाले गोलरहित बराबरी खेलेका छन् ।

पुस १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्