रियलमी सी२५ वाई स्मार्टफोन अब नेपालमा

काठमाडौँ – स्मार्टफोन ब्रान्ड रियलमीले ५० एमपीए–आईत्रिपल क्यामेरा सिस्टमसहितको रियलमी सी२५ वाई नेपालमा उपलब्ध गराएको छ।

इन्ट्री–लेभल स्मार्टफोनमा पहिलो रोजाइमा परेको रियलमी सी२५ वाईमा १८ वाट क्वीक चार्ज सपोर्ट गर्ने ५००० एमएएच मेगा ब्याट्री, इन्स्टान्ट फिङ्गर प्रिन्ट सेन्सर भएको शक्तिशाली युनिसोक टी६१० प्रोसेसर र सुन्दर डिजाइनको ६.५ इन्च ठूलो डिस्प्ले रहेको छ।

रियलमी सी२५ वाईमा ५० एमपी त्रिपल क्यामेरा सिस्टमका साथै माक्रो लेन्स र बीएण्डडब्लु लेन्स रहेको कम्पनीले जनाएको छ। रियलमी सी सिरिजमा ५० एमपीमोड रहेको पहिलो स्मार्टफोनले सुन्दर फोटो खिच्छ र प्रयोगकर्ताहरुलाई ८१६०८६१४४ सम्मको पिक्सेल फोटो निकाल्ने सुविधा प्रदान गर्दछ।

साथै क्यामेरा विभागले विभिन्न फिल्टरहरु उपलब्ध गराउँदै ए–आई ब्युटी मोड फङ्सन, एचडी आर मोड, प्यानारोमिक भ्यु मोड, प्रोट्रेट मोड, टाइमल्याप्स फङ्सन, एक्सपर्ट मोड पनि सपोर्ट गर्छ।

रियलमी सी२५ वाईमा आकर्षक र चित्तबुझ्दो सेल्फी खिच्न ए–ब्युटी फङ्सन भएको ८ एमपी सेल्फी क्यामेरा पनि रहेको छ। रियलमीले आफ्नो ब्याट्री लाइफमा रहेको विशेषतालाई अझ सुदृढ गरेको छ। जसमा रियलमी सी२५ वाईमा भएको ५००० एमएएच ब्याट्री स्ट्यान्डबाइ मोडमा राख्दा फोनको ब्याट्री ४८ दिनसम्म टिक्नसक्छ। सुपर पावर सेभिङ मोड चलाइरहँदा पनि प्रयोगकर्ताहरुले फोनको आधारभूत उपयोगिताहरुको प्रयोग गरी सधैं पावर्ड र कनेक्टेड रहन सक्ने कम्पनीको दावी छ।

रियलमी सी२५ वाईले केही डिस्प्ले इफेक्टहरु घटाएर स्मार्टफोनको सहनशीलता बढाउन स्क्रीन ब्याट्री अप्टिमाइजेसन र प्रयोगकर्ता सुतिरहेको बेला फोनलाई लोअर मोडमा चलाउन निर्देशन दिएर पावरको बचत गर्न स्लिप स्ट्यान्डबाइ अप्टिमाइजेसनको सुविधा पनि उपलब्ध गराएको छ।

यसमा दुइटा नानो सिम कार्ड राख्न मिल्छ। २५६ जीबीसम्मको अतिरिक्त स्टोरेजका लागि माइक्रो एसडी कार्ड स्स्लट पनि उपलब्ध गराइएको छ। अल्ट्रा–फास्ट फिङ्गर प्रिन्ट अनलकिङ्ग र फेसियल रिकगनिसनरसहित आउने नयाँ रियलमीले प्रयोगकर्ताहरुको गोपनियता र सुविधाको संरक्षण गर्ने कम्पनीले दावी गरेको छ। यो ग्लेसियर ब्लू र मेटल ग्रे रंगमा उपलब्ध छ। रियलमी सी२५ वाइले नेपालमा ४ जीबी र्‍याम र १२८ जीबी र्‍याम स्टोरेज भेरिएन्टको मूल्य रु २० हजार ४४९ तोकेको छ।

पुस १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्