नयाँ साथी बनाउने ७ तरिका

२५ वर्षको उमेरपछि हामीले कायम राख्ने मित्रताको संख्या घट्न थाल्छ। तर नयाँ तथा दिगो सम्बन्धहरु बनाउन भने केही सरल हुन सक्छ। नयाँ साथी बनाउने सात तरिका यस प्रकार छन्

१) अवसरहरू पहिचान गर्न सिक्नुहोस्

केट लिभरले आफ्नो पुस्तक ‘द फ्रेन्डशिप कियर’मा भनेकी छन्, ‘हामी साथीहरू बनाउनका लागि हरेक दिन मौकाहरू पार गर्छौं।’ उनले अवसर आएपछि साना कदम चाल्न साहस राख्न सल्लाह दिन्छिन्।

उनी भन्छिन्, ‘आफ्ना छिमेकीसँग सानोसानो कुरा गर्न बाध्य पार्नुको सट्टा बरु उनीहरूलाई एक कप चियाको लागि आग्रह गर्नुहोस् र उनीहरूलाई चिन्नुहोस्। कुनै पनि पार्टीमा सम्पर्क विवरण बिना पार्टी छोड्नुको सट्टा बरु केही साथीहरु बनाएर कफीको लागि सोध्नुहोस्। तपाईको सर्कलमा पहिले नै कति सम्भावित साथीहरू छन् भनेर तपाई छक्क पर्नुहुनेछ।’

२) आफ्नो रुचिहरू पालना गर्नुहोस्

कुनै पनि समूह, क्लब वा कक्षामा सामेल हुनु नै मानिसहरूलाई भेट्ने प्रभावकारी तरिका हो।

चिकित्सक मिरियम किर्मायर भन्छिन्, ‘साझेदारी गतिविधि, परियोजना वा लक्ष्यको लागि टोली बनाउनु भनेको घनिष्ठ सम्बन्धहरूलाई बढावा दिन सक्ने अनुभव हो।’

कुनै एउटा चुनौती वा सीपलाई पछ्याउनुहोस् जुनप्रति तपाई ‘प्यासनेट’ हुनुहुन्छ किनकि त्यसपछि तपाइँसँग राम्रो समय हुनेछ र कुराकानी गर्न पनि सजिलो महसुस हुनेछ।

३) आफैँलाई कमजोर हुन अनुमति दिनुहोस्

साथी बनाउन खोज्दा डर लाग्न सक्छ। यदि तपाइँको प्रस्ताव अस्वीकार गरियो भने के हुन्छ? ‘लिइभर’ र ‘किर्मायर’ भन्छन् कि मित्रतालाई सुदृढ गर्ने प्रयासमा कमजोरी को एक डिग्री आवश्यक छ।

‘किर्मायर’ भन्छन्, ‘सिफारिसहरू साझेदारी गर्ने वा योजनाहरूमा अरूलाई अनुमति दिनु सेयर गर्ने सरल तरिकाहरू हुन् जसले निकटता र विश्वास निर्माण गर्न मद्दत गर्नेछ।’

४) प्रविधिको प्रयोग गर्नुहोस—तर अत्याधिक मात्रामा हैन

किर्माएर भन्छन्, ‘सामाजिक सञ्जाल साथी बनाउनको लागी धेरै लाभदायक हुन सक्छ।’ विभिन्न एपहरु जस्तै ‘बम्बल बीएफएफ’(डेटिङ एप), पीनट (जसले स्थानीय क्षेत्रमा आमाहरूलाई जोड्छ) यस्ता एपहरू राम्रो सुरुवात बिन्दु हुन सक्छन्।

किर्मायर भन्छन्- यस्ता मिटअप जस्ता प्लेटफर्महरू, जहाँ तपाईं स्थानीय गतिविधि र कार्यक्रमहरूमा सहभागी हुन सक्नुहुन्छ।

तर उनी थप्छिन्, ‘सामाजिक सञ्जालले व्यक्तिगत अन्तरक्रियालाई रिप्लेस गर्दैन।’

५) कुनै एउटा समुहमा आवद्ध हुने
सन् २०१५ मा ‘रोयल सोसाइटी ओपन साइन्स जर्नल’मा प्रकाशित अक्सफोर्ड युनिभर्सिटीको अध्ययनले गायनमा “आइस ब्रेकर इफेक्ट’’ हुन्छ जसले गर्दा अपरिचितहरूलाई छिटो आत्मीयता बनाउन मद्दत गर्छ भनी सुझाव दिन्छ।

६) धेरै दबाब नलिनुहोस्

उमेर बढ्दै जाँदा, हाम्रो मित्रता अपरिहार्य रूपमा परिवर्तन हुन्छ। २०१६ को एक अध्ययन अनुसार, हामीले २५ वर्षको उमेरमा धेरै संख्यामा मित्रताहरु गाँस्छौँ। युवा अवस्थामा साथी बनाउन प्रयास गर्दा क्लिनिकल मनोवैज्ञानिक ‘लिन्डा ब्लेयर’ले कुनै पनि नयाँ सम्बन्धहरुमा धेरै दबाब नराख्न र कुनै पनि व्यक्तिबाट धेरै आशा नगर्ने सल्लाह दिन्छन्।

७) प्रश्न सोध्नुहोस् र सुन्नुहोस्
‘लिइभर’ भन्छन्, “प्रश्नहरु राम्रोसँग अनुसन्धान गर्नुहोस’’र सक्रिय रूपमा सुन्नुहोस्। यसको मतलब यो होइन कि तपाईले मानिसहरूलाई सोधपुछ गर्नुपर्छ। तर एक व्यक्तिमा सकारात्मक तरिकाले चासो देखाउनु,उनीहरूको बारेमा सोध्नु र उनीहरूको जवाफ सुन्नाले तपाईलाई एक अर्थपूर्ण सम्बन्धहरु जोड्नका लागि मद्धत गर्छ।

(गार्जियनबाट साभार) 

पुस २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्