मुख्य भन्सार नाकाबाटै ट्रकमा सामानहरुको तस्करी

काठमाडौँ – पछिल्लो केही दिनदेखि भन्सार छली औषधि तथा खुद्रा सामानहरु भित्राउने कार्य बढदै गएको पाइएको छ । भन्सार छली गरेर बिल बिजक भन्दा बढी औषधि तथा खुद्रा सामानहरु व्यापारीहरुले भित्राउने गरेको पाइएको हो। बिल बिजक भन्दा बढी सामानहरु सवारी साधनमा लोड गरेर खुद्रा तथा औषधिहरु भित्रयाईने गरिएको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीले यस्ता सामानहरु लोड रहेको सवारी साधन तथा बिल बिजक चेकजाँचमा कडाई गरेपछि भन्सार छली गरेर औषधि तथा खुद्रा सामानहरु भित्राउनले गरेको पाइएको हो। चेकजाँचमा कडाई गर्दै प्रहरीले भन्सार छली गरि ल्याइएको औषधि तथा खुद्रा सामानसहितको सवारी साधान र चालकलाई नियन्त्रणमा लिने गरेको छ ।

प्रहरीले वीरगञ्जको घण्टाघरबाट गएको पुस १७ गते शनिबार पनि प्रहरीले यस्ता ट्रक र चालकलाई नियन्त्रणमा लिएको थियो । पूर्व सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गत पुस १७ गते घण्टाघर चोकमा ना.६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई जाँच गर्ने क्रममा सामान बरामद गरी सवारी र चालक नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा चितवन राप्ती न.पा.वडा नं.४ बस्ने वर्ष ३२ को सुरेश कुमार लामा रहेका छन्। उनले चलाएको ट्रकको सामानलाई ६५ लाख रुपैयाँ मुल्याँकन गरी आवशयक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

‘भारतबाट पनि सामानहरु बिल बिजक कम बनाएर बढी सामानहरु ल्याउने भन्सार पनि कम बुझाउने कहिले काही परिमाण पनि बढी हुने देखिएको छ’, उनले भने, ‘हामीलाई सूचना आएपछि चेकजाँच गरेर त्यस्ता सामानसहित गाडीलाई राजश्व अनुसन्धानको कार्यालय पथलैयामा बुझाउने गरेका छौ ।’ यस्तै गत पुस १५ गते बिहीबार पनि प्रहरीले भन्सार छली ल्याइएको खुद्रा सामानसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले भन्सार नाका भन्दा झण्डै १० किलोमिटर उतरसम्म गईसकेको ट्रकलाई वीरगञ्ज–२१ परवानीपुरमा रोकेर चेकजाँच गर्ने पक्राउ गरेको हो।

पोखरा जादै गरेको देश नं.२–०३–००१ ख ०१२९ नम्बरको मालवाहक ट्रकसहित चालकलाई नियन्त्रणमा प्रहरीले लिएको थियो । भन्सार छली गरिएको सामान बरामद भएपछि ट्रकका चालक बारा परवानीपुर गाउँपालिका–२ बस्ने वर्ष ३३ को नसरूदीन मियाँ रहेका छन्। ट्रकसहित सामानको मुल्याँकन साठी लाख गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पर्सा प्रहरीले बुझाएको थियो ।

यस्तै गत मँसिर १ गते पनि वीरगञ्ज महानगरपालिका–८ घण्टाघर स्थित सडकखण्डको बाटो हुँदै जादै गरेको ट्रकबाट भन्सार छली लैजादै गरेको सामानसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो । सुचनाको आधारमा खटिएको प्रहरी टोलीले ना.६ ख १३७ नम्बरको मालवाहक ट्रकबाट खुद्रा तथा हार्डवेयर लगायतका मालवस्तुहरू बिल बिजक भन्दा बढी भन्सार छली लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

ट्रकका चालक मकवानपुर राक्सीराङ गाउँपालिका–३ बस्ने सुन बहादुर थिङ पनि प्रहरी हिरासतमा लिइएको छ। उनले चलाएको ट्रकको पचाँस लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पर्सा प्रहरीले बुझाएको थियो ।

पुस २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्