दैलो घुम्ने बेला आयो दाता खोज्न थाले
झरी पर्दा ओत लाग्न छाता खोज्न थाले।।

शहर बजार ठाउँ भेटिएन बेच्न गौँडातिर
झोलपानीले दरबारको हाता खोज्न थाले।।

कुन इलमले आफ्ना महल गाडी थरिथरि
आफ्ना लुकाइ अरुका खाता खोज्न थाले।।

पहिरै पहिरो दायाँबायाँ गाउँ डुबाउने डर
घर बचाउन भनि अब धाता खोज्न थाले।।

योग्यताले काम गरेन ज्ञानगुन परे पाखा
राम्रो खान्की भेट्टाउन नाता खोज्न थाले।।

पुस २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्