३४ एसपीको सुरुवा, को कहाँ पुगे?

काठमाडौँ – नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सुरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार ३४ एसपीको सुरुवा गरिएको जानकारी दिएको हो ।

प्रहरी महानिरीक्षकको आइतबारको निर्णयानुसार पुस महिनादेखि नै तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एसपीको गरिएको हो।

एसपीहरुको सुरुवा हुँदा केही जिल्लामा प्रहरी प्रमुख समेत परिवर्तन भएका छन् । कञ्चनपुर, बारा, काभ्रे, झापासहितका जिल्लामा प्रहरी प्रमुख अर्थात एसीहरु फेरिएका हुन् ।

एसपी श्यामसिंह चौधरीलाई कञ्चनपुर सरुवा गरिएको छ । यस्तै झापामा विश्वमणि पोख्रेल, बारामा दिलिप सिंह देउवा तथा काभ्रेमा चक्रराज जोशी प्रहरी प्रमुख बनेका छन् ।

पुस २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्