र्‍यापर लाउरेलाई थप १७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ– लागुऔषध प्रयोग गरेको आरोपमा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’लाई थप १७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।

लाउरेसहित चार जनालाई जिल्ला अदालत कास्कीले थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

यसअघि ८ दिन थुनामा राख्न उनीहरुलाई अनुमति दिइएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले उनीहरुलाई थुनामा राख्न थप १७ दिन मागेको थियो।

लाउरेसहित पोखराका ३९ वर्षीय ध्रबबहादुर थापा, ३० वर्षीय नवीन गुरुङ र पोखराकै २२ वर्षीया सुस्मिता गुरुङलाई प्रहरीले ब्राउनसुगरसहित पुस १४ गते पक्राउ गरेको थियो।

प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर उनीहरुमाथि अनुसन्धान गर्न सक्नेछ।

पुस २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्