झारफुक गर्दा गुम्यो १४ वर्षीया किशोरीको ज्यान

सांकेतिक तस्बिर

काठमाडौँ- झारफुक गर्ने एक ‘माता’को विश्वासमा पर्दा १४ वर्षीया किशोरीको ज्यान गुमेको छ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-२ की १४ वर्षीय किशोरीको झारफुकका क्रममा शनिबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले बताए।

एसपी मैनालीका अनुसार केही महिनादेखि बिरामी रहेकी किशोरीलाई उनकी आमाले आफूलाई माता बताउने उमा शाही ठकुरीको काठमाडौंको नागार्जुन-१ रानीवन पानी ट्याङ्कीनजिकै रहेको झारफुक केन्द्रमा लगेकी थिइन्। २२ दिनअघि ती किशोरीलाई त्यहाँ पुर्‍याइएको थियो।

मैनालीका अनुसार ‘ती माता भनिने उमा शाही ठकुरीलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद लिई थप अनुसन्धान भइरहेको छ।’

 

पुस २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्