लागुऔषधसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज– प्रहरीले लागुऔषधसहित वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले लागुऔषधसहित पर्साको धोबिनी गाउँपालिका–२ आश्वारी टोल बस्ने १९ वर्षका पृथ्वीसिंह कुर्मीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१५ अलपाइन स्कुलस्थित सडकखण्डमा पैदल हिँडिरहेको अवस्थामा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका कुर्मीको साथबाट चेकजाँच गर्दा चामलको बोराभित्र लुकाइछिपाइ ल्याएको लागुऔषध नुफ्रिन २५० एम्पुल, डाइजीपाम २५० एम्पुल र फेनारगन २५० एम्पुल गरी ७५० एम्पुल लागुऔषध बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

पक्राउ परेका उनलाई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताए।

पुस २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्