लता मंगेशकरलाई कोरोना संक्रमण, अस्पताल भर्ना

प्रशिद्ध भारतीय गायिका लता मंगेशकर कोरोना भाइरसबाट संक्रमित भएकी छन् । उनलाई अस्ताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार संस्था एएनआईका अनुसार उनकी भतिजी रचनाले कोरोना संक्रमण भएको पुष्टि गरेकी हुन् । संक्रमण पुष्टि भए पनि लक्षणहरु भने मध्यम मात्रै रहेको जनाइएको छ ।

लता मंगेशकर ९२ वर्षकी भइन् । उनलाई मुम्बईको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको हो । उनी भारत रत्नबाट सम्मानित गरिएको थियो । सन् २०१९ मा छातीमा संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

पुस २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्