काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३०० औँ जन्मजयन्ती भव्यताका साथ मनाएको छ।

मंगलबार सिंहदरबार पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको प्रतिमामा सम्मान अर्पणका लागि पार्टी दलबलसहित पुगेको थियो।

पार्टिले नेपाल र पार्टीको झण्डा फहराएर नेपाली एकताका प्रतिमूर्ति शाहको सम्मानको लागि र्‍याली निकालेको थियो।

नेपाल एकीकररणका पिता पृथ्वी नारायण शाहको शालिमा माल्यार्पण गर्नका लागि यसअघि पूर्व राजा ज्ञानेन्द्र शाह पनि सिंहदरबार अगाडि रहेको शालिकमा पुगेका थिए।

त्यस्तै, राष्ट्रपति विद्यादेवि भण्डारी पनि राजा पृथ्वी नारायण शाहको सम्मानको लागि सिंहदरबारको पश्चिम गेट पुगेकी थिइन्।

देशसञ्चारका फोटो पत्रकार बर्षा शाह र सुलभ श्रेष्ठका तस्बिरहरु: