पर्यटनमन्त्री आले चढेकाे गाडी कैलालीमा दुर्घटना

धनगढी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ।

उनी चढेकाे गाडी कैलालीकाे गेटामा मंगलबार बेलुका दुर्घटनामा परेको हो।

महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जाने क्रममा मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो ।

मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ नम्बरकाे गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जाेशीले बताए ।

धनगढी विमानस्थलबाट मेनरोड क्रस गर्दै गरेको अवस्थामा मन्त्री आले चढेकाे गाडीलाई सो गाडीले ठक्कर दिएको हो।

सडकमा हिँडिरहेकाे गाईलाई ठक्कर दिएर अनियन्त्रित भएको कारले आलेको गाडीलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ ।

मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका हुन् ।

ठक्कर दिने गाडीमा सवार सबै सकुशल रहेकाे प्रहरीले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

पुस २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्