प्रसिद्ध भारतीय गायिका लतालाई कोरोनासँगै निमोनिया, आईसीयुमा उपचार हुँदै

प्रसिद्ध भारतीय गायिका लता मंगेशकरलाई आईसीयुमा राखेर उपचार गरिएको चिकित्सकहरुले बताएका छन् ।

कोरोना भाइरस संक्रमण भएकी गायिका मंगेशकरको पछिल्लो स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सकले जानकारी दिएको समाचार संस्था एएनआईले जनाएको छ।

मुम्बईको ब्रीच केण्डी अस्पतालका डा प्रतीत समधानीले दिएको जानकारीअनुसार मंगेशकरलाई कोभिड–१९ सँगै निमोनिया पनि भएको छ। उनी अहिले पनि आईसीयूमा रहेको र अझै १०–१२ दिन निगरानीमा रहने डा समधानीले बताएका छन्।

९२ वर्षकी मंगेशकरलाई मंगलबार अस्पताल भर्ना गरिएको हो। भारत रत्नबाट सम्मानित मंगेशकरको उमेर बढी रहेकाले सावधानीस्वरुप अस्पताल भर्ना गरिएको भतिजी रचनाले बताएकी थिइन्। पाको उमेरको भएका कारण मंगेशकर निको हुन बढी समय लाग्ने चिकित्सकहरुले पनि बताएका छन्।

पुस २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्