बलिउडमा काम गर्ने अवसर पाएका विपिन भन्छन्, ‘उत्सव मनाउने समय आइसकेको छैन’

फाइल तस्त्बिर

काठमाडौँ – अभिनेता विपिन कार्कीले बलिउडमा काम गर्ने अवशर खुशीसँगै आएको चुनौति बताएका छन्। देश सञ्चारसँगको फोन वार्तामा उनले भने, ‘चलचित्रमा खेल्ने अवसर पाउनु राम्रो कुरा हो तर यतिमा नै खुशी मनाउनु पर्ने म देख्दिन। चलचित्रमा आफूले पाएको स्थानको कत्तिको सदुपयोग गर्न सक्छु भन्ने चुनौति नै ठूलो कुरा रहेको उनले बताए।

उनी चलचित्र छायाँकनको लागि उनलाई अगस्टमा बोलाइएको उनले बताए। उनलाई अडिसन मार्फत होइन सिँधै फोन गरेर चलचित्रमा काम गर्ने प्रस्ताव गरिएको हो।

‘अहिलेसँम्म मौखिक सहमति मात्र भएको हो, मलाई अगस्टमा अरु कुनै काम गर्ने सम्झौता नगर्नको लागि भनिएको छ।’ उनले भने, ‘सेल्फि किङ्गका निर्देशन विशाल सापकोटासँग मेरो बारेमा पहिलादेखि नै कुरा भएको रहेछ, मलाई चाँही २ हप्ताजति अगाडि मात्रै यस बारेमा थाहा भयो।’

विशाल चर्चित बलिउड चलचित्र ‘कबीर सिंह’ का निर्देशक सन्दिप रेड्डी भांगाका साथी हुन्। विपिनलाई अफर आएको चलचित्र ‘एनिमल’ को निर्देशक पनि सन्दिप नै हुन्।

यो चलचित्रमा बलिउडका सुप्रसिद्ध कलाकार अनिल कपूर र रणवीर कपूरको भूमिका रहेको छ। विपिनलाई यी कलाकारसँग पनि स्क्रिन शेयर गर्ने बताइएको छ।

विपिनले नेपाली कलाकारलाई सीमापारीबाट अफर आउनु भनेको उपलब्धि भएपनि कलाकारले आफ्नो उपस्थिति कति राख्न सक्छु भन्ने कुरा चुनौतिको रुपमा रहेको बताए।

‘हामीले पाएको भूमिकालाई कत्तिको अर्थपूर्ण तरिकाले निर्वाह गर्न सक्छौँ भन्नु ठूलो चुनौतिपूर्ण कुरा हो। ठूला सुपरस्टारहरुसँग काम गर्न पर्दा छाँयामा पर्न सकिन्छ।’ उनले भने, ‘रणवीर कपूरसँग स्क्रिन शेयर गर्न पाउँदा खुसि त छु, स्वाभाविक हो तर यसलाई उत्सव मनाउने बेला भएको छैन। कतिबेला मनाउने हो भने, चलचित्र प्रदर्शन भएपछि मेरो भूमिका हरेर दर्शकले ‘वाह ! ल गरेछ है’ भन्नुपर्छ।’

उनलाई डर पनि लागेको छ। नेपालमा विपिन चर्चित र स्थापित नाम हो। उनको कलाको सम्मान गर्दै ‘नेशनल अवार्डले पनि उनलाई सम्मान गरिसकिएको छ। विपिनको चलचित्रलाई दर्शकले फरक किसिमको सम्मान गर्ने गर्छन्। ‘म सँगै धेरै जनाको अपेक्षा जोडिएको छ, त्यहाँ गएर म छाँयामा पर्नु भनेको म नबिक्नु मात्र है, नेपाली जनता निराश हुनु हो।’ उनले भने, ‘त्यसैले मलाई चुनौति र डर महशुस भईरहेको छ।’

विपिनलाई उनको भूमिका के हो भनेर प्रष्ट भनि सकिएको छैन।

पुस २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्