चीनसँग जोडिएका नाका खुलाउन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ– चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन्।
बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन्।
आन्दोलनमा सहभागी भएका अमीर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुल्ला गर्न माग गरे।
तामाङले भने, ‘केरुङ, खासा नाकाहरु खुल्ला गरिनुपर्छ। हुम्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन। त्यसमा चीन सरकारले हेर्नुपर्छ।’
आन्दोलनकर्मीहरुले नेपाल चाइना नाका खुल्ला गर, विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गर् लगायतका नारा लगाएका थिए।